Music Video

Neetesh Jung Kunwar - Kholai Khola (Official Video) | Jahanwi Basnet | Grey Matter | Mr. Brownie
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Neetesh Jung Kunwar
Neetesh Jung Kunwar
Performer
COMPOSITION & LYRICS
Neetesh Jung Kunwar
Neetesh Jung Kunwar
Composer

Lyrics

नभन्दाभन्दै रसाउँछन् आँखा बुझिन मैले तिम्रो हृदयको भाका जलन किन जब तिम्रै हुन सकिन? खै, केको मात लाग्यो है ममा रम्न पुगेछु तिम्रो दु:खमा दोष कसलाई दिऊँ? आफैलाई रोक्न सकिन अब पछुतोको भारी जोखेर तिम्रो कुरा पछि छोडेर लागेँ म त खोलैखोला, तीरैतीर, चौतारी र भीरैभीर मनमा छ पीरैपीर, हो, भन्ने कसलाई? बलिरहनू है तिमी पूर्णिमाको जूनझैँ यात्रा हाम्रो यहीँ नै टुङ्गेछ, कि कसो, गाइने दाइ? चाहेको तिम्लाई हितै नै भरि आँखाको लोभले भइदियो मनपरी भाग्यमानी रैछु, छाडी गइदेनौ रिसाई पहिलो गल्तीमै हिँड्द्या भए हुन्थ्यो न भड्किन्थेँ म न मुटु टुट्थ्यो सच्चिँदैनन् झूट बोली बिताएका रात अब पछुतोको भारी जोखेर तेरो कुरा पछि छोडेर लागेँ म त खोलैखोला, तीरैतीर, चौतारी र भीरैभीर मनमा छ पीरैपीर, हो, भन्ने कसलाई? बलिरहनू है तिमी पूर्णिमाको जूनझैँ यात्रा हाम्रो यहीँ नै टुङ्गेछ, कि कसो, गाइने दाइ? सपनीमा आउँछ्यौ तिमी सजिएर भन्छ्यौ यी हात समाई, "तिम्रै हुँ म" याद मात्र भो सँगै बिताएका पल फेरि त्यो साथ पाउन काबिल छु र? अब आफ्नो ख्याल राख्नू है तिमी गँजडीलाई कल्ले बुझ्दिने? लागेँ म त खोलैखोला, तीरैतीर, चौतारी र भीरैभीर मनमा छ पीरैपीर, हो, भन्ने कसलाई? बलिरहनू है तिमी पूर्णिमाको जूनझैँ यात्रा हाम्रो यहीँ नै टुङ्गेछ, कि कसो, गाइने दाइ? कि कसो, गाइने दाइ?
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out