Lyrics

तिमी पारि, म छु वारि, भेट्ने मन, तर कसो गरूँ नि? तिमी पारि, म छु वारि, भेट्ने मन, तर कसो गरूँ नि? झरी पऱ्यो, बाढी आयो, खोला अब तरूँ कसरी? तिमी पारि, म छु वारि, भेट्ने मन, तर कसो गरूँ नि? उडी जाऊँ भने, हेर, म कुनै पन्छी होइन हिँडी जाऊँ भने मलाई साथ दिने कोही छैन के गल्ती भो मेरो? "जातै सानो भो," भन्छ, "तेरो" कसको के बिगारेँ? कसको के खाइदिएँ? माया लाउन आइन् उनी, मैले नि माया लाइदिएँ कहाँ गल्ती भो मेरो? "जातै सानो भो," भन्छ, "तेरो" कसले बनायो जात? हामी दुईलाई बनाइदिए नदीका किनारा हाम्रो माया नबुझ्ने, कठै! पापी संसार हामी दुईलाई बनाइदिए नदीका किनारा हाम्रो माया नबुझ्ने, कठै! पापी संसार
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out