Lyrics

घुम्दैफिर्दै रनबन तिम्रै गाउँमा आइयो कि त जोबन ढल्क्यो भन, कि त मलाई चाहियो घुम्दैफिर्दै रनबन तिम्रै गाउँमा आइयो कि त जोबन ढल्क्यो भन, कि त मलाई चाहियो अरे, कि त मलाई चाहियो बगैँचामा, कान्छी, फूल गोड्यो मालीले ज्यान सर्वस्व पार्ने भई कालीले बगैँचामा, कान्छी, फूल गोड्यो मालीले ज्यान सर्वस्व पार्ने भई कालीले अरे, ज्यान सर्वस्व पार्ने भई कालीले पानी पर्यो रिमीझिमी, सिमसारैमा कुइरो लर्के जोबन ढल्केपछि फकाउनेको धुइरो पानी पर्यो रिमीझिमी, सिमसारैमा कुइरो लर्के जोबन ढल्केपछि फकाउनेको धुइरो हरे, फकाउनेको धुइरो भाग्य रैछ, कान्छा, भेटायौ काली जितको आस नगर यसपालि भाग्य रैछ, कान्छा, भेटायौ काली जितको आस नगर यसपालि हरे, जितको आस नगर यसपालि चौतारीको शीतलुमा भेटै भयो हाम्रो १६ बर्षे जवानीमा को हुँदैन राम्रो? चौतारीको शीतलुमा भेटै भयो हाम्रो १६ बर्षे जवानीमा को हुँदैन राम्रो? हरे, को हुँदैन राम्रो? नराम्रोमा, कान्छी, मन मेरो भुल्दैन फूल नफुली भमरा डुल्दैन नराम्रोमा, कान्छी, मन मेरो भुल्दैन फूल नफुली भमरा डुल्दैन अरे, फूल नफुली भमरा डुल्दैन हातमा लिन्छु कलममसी, लेख्दा लेखिँदैन माया हुन्छ मुटुभित्र, हेर्दा देखिँदैन हातमा लिन्छु कलममसी, लेख्दा लेखिँदैन माया हुन्छ मुटुभित्र, हेर्दा देखिँदैन हरे, हेर्दा देखिँदैन घुम्दै आयो, कान्छा, भमरा, तर माया जालमा फसौला, होस गर घुम्दै आयो, कान्छा, भमरा, तर माया जालमा फसौला, होस गर अरे, माया जालमा फसौला, होस गर तिम्ले लाको ढाकाचोली तुना कसीकसी माया जाल बुन्छ्यौ, कान्छी, माइतै बसीबसी तिम्ले लाको ढाकाचोली तुना कसीकसी माया जाल बुन्छ्यौ, कान्छी, माइतै बसीबसी हरे, माइतै बसीबसी तिम्रो जोबन, कान्छी, जाला नि खेर बस्दाबस्दै मायाजाल बुनेर तिम्रो जोबन, कान्छी, जाला नि खेर बस्दाबस्दै मायाजाल बुनेर अरे, बस्दाबस्दै मायाजाल बुनेर शिरमा लाउँछौ ढाकाटोपी, कम्मरैमा पेटी कहिल्यै कुरा गर्ने होइन बा-आमालाई भेटी शिरमा लाउँछौ ढाकाटोपी, कम्मरैमा पेटी कहिल्यै कुरा गर्ने होइन बा-आमालाई भेटी हरे, बा-आमालाई भेटी बाउको इज्जत, कान्छा, जान्छ नि भाग्नलाई आउने हैन घरैमा माग्नलाई बाउको इज्जत, कान्छा, जान्छ नि भाग्नलाई आउने हैन घरैमा माग्नलाई अरे, आउने हैन घरैमा माग्नलाई तिमी पनि बालाई सोध, म नि गर्छु कुरा हातैभरि लगाइदिउँला सुनैसुनको चुरा तिमी पनि बालाई सोध, म नि गर्छु कुरा हातैभरि लगाइदिउँला सुनैसुनको चुरा हरे, सुनैसुनको चुरा कानमा झुम्का, कान्छी, गलामा रानीहार लाको माया मारौली, खबरदार! कानमा झुम्का, कान्छी, गलामा रानीहार लाको माया मारौली, खबरदार! अरे, लाको माया मारौली, खबरदार! पहाडैको सेरोफेरो सबै तिम्रो मेरो बाँधेपछि चुडिँदैन मायाजालको घेरो पहाडैको सेरोफेरो सबै तिम्रो मेरो बाँधेपछि चुडिँदैन मायाजालको घेरो हरे, मायाजालको घेरो मैले माया, कान्छा, मार्दिनँ, कालु खाउँला बरु सिस्नो र पिँडालु मैले माया, कान्छा, मार्दिनँ, कालु खाउँला बरु सिस्नो र पिँडालु अरे, खाउँला बरु सिस्नो र पिँडालु
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out