Lyrics

तगारोमा रुमाल राखी, बाटो छेक्यौ तिमीले तगारोमा रुमाल राखी, बाटो छेक्यौ तिमीले त्यही रुमालमा पन्चासेको त्यही रुमालमा पन्चासेको फूल राखें मैले तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले भिर थियो, पाखा थियो गीतको मिठो भाका थियो लुकि-लुकि चियाउने गाँजलु त्यो आँखा थियो भिर थियो, पाखा थियो गीतको मिठो भाका थियो लुकि-लुकि चियाउने गाँजलु त्यो आँखा थियो अंगेनामा गुन्द्रुक्-मकै राखी दियौ तिमीले अंगेनामा गुन्द्रुक्-मकै राखी दियौ तिमीले त्यही मकैमा पोखराको त्यही मकैमा पोखराको दिल राखें मैले तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले हिंड्नु थियो, टाढा थियो मन कस्तो आधा थियो संगै बस्ने रहर थियो घर गाँउको बाधा थियो हिंड्नु थियो, टाढा थियो मन कस्तो आधा थियो संगै बस्ने रहर थियो घर गाँउको बाधा थियो पर पुगि फर्कि-फर्कि यसो हेरे मैले पर पुगि फर्कि-फर्कि यसो हेरे मैले यस्तो लाग्यो जिन्दगीमा यस्तो लाग्यो जिन्दगीमा भेट हुन्छ कहिले? तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले त्यही रुमालमा पन्चासेको त्यही रुमालमा पन्चासेको, फूल राखे मैले तगारोमा रुमाल राखी, बाटो छेक्यौ तिमीले
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out