Music Video

Balapan Ko Umer 2
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Sanjib Parajuli
Sanjib Parajuli
Playback Singer
Basanta Sapkota
Basanta Sapkota
Music Director
COMPOSITION & LYRICS
Basanta Sapkota
Basanta Sapkota
Composer

Lyrics

आउँछ झलझली आँखैमा त्यो बाल्यकालको सम्झना आउँछ झलझली आँखैमा त्यो बाल्यकालको सम्झना आउँछ झलझली आँखैमा त्यो बाल्यकालको सम्झना आउँछ झलझली आँखैमा त्यो बाल्यकालको सम्झना बाल्यकालको सम्झना कसलाई आउँदैन र? सानो-सानो बदमासी कसले गर्दैन र? ओ, बाल्यकालको सम्झना कसलाई आउँदैन र? सानो-सानो बदमासी कसले गर्दैन र? कति कुरा सम्झिँदा अहिले लाग्छ सरम त्यही दिन फेरि आए हुन्थ्यो जस्तो लाग्छ, आउँदैन के गरम्? आउँछ झलझली आँखैमा त्यो बाल्यकालको सम्झना माटोको घर, माटोको भाँडा, माटोकै खानेकुरा माटोको घर, माटोको भाँडा, माटोकै खानेकुरा माटोमै भाग लाइन्थ्यो, खाएझैँ गरिन्थ्यो, अघाइन्थ्यो पूरा-पूरा आउँछ झलझली आँखैमा त्यो बाल्यकालको सम्झना चिप्लेटी खेल्दा मेरा नाना फाटे कति-कति लुकी खेल्दा, गुच्चा खेल्दा मज्जा आउँथ्यो अति गोट्टा खेल्ने, बाघचाल खेल्ने बसी चौतारीमा अहिले पनि त्यही चर्चा चल्छ दौँतरीमा आउँछ झलझली आँखैमा त्यो बाल्यकालको सम्झना पढ्नभन्दा खेल्नतिर रुचि हुन्थ्यो बढी कैयौँ चोटि खाइयो, बरै, sir र miss को छडी कान समाई एक खुट्टाले school चक्कर लाइयो राम्रो काम गर्दा कहिले स्याबासी नि पाइयो आउँछ झलझली आँखैमा त्यो बाल्यकालको सम्झना जे देखिन्थ्यो, त्यही बोलिन्थ्यो, जे सोचिन्थ्यो, त्यही गरिन्थ्यो जे देखिन्थ्यो, त्यही बोलिन्थ्यो, जे सोचिन्थ्यो, त्यही गरिन्थ्यो वर्णन गर्न नसकिने कस्तो प्यारो दिन थियो त्यो, कस्तो प्यारो दिन थियो! आउँछ झलझली आँखैमा त्यो बाल्यकालको सम्झना आउँछ झलझली आँखैमा त्यो बाल्यकालको सम्झना आउँछ झलझली आँखैमा त्यो बाल्यकालको सम्झना आउँछ झलझली आँखैमा त्यो बाल्यकालको सम्झना
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out