Credits

COMPOSITION & LYRICS
Shashwot Khadka
Shashwot Khadka
Songwriter

Lyrics

भावनामा बस्ने भए माया बद्लिजाला कि यो मौसमैसरि? भन, लाइदिऊँ कि पिरती म तिम्रो मुटुले सम्हाल्नै नसक्ने? खुशीको मुस्कान मात्र हैन दुःखको आँसु पनि बनिदिऊँ कि? अन्धकार रातहरूमा म तिम्रो न्यानो सिरानी बनिदिऊँ कि? समय चाहिए तिमीलाई अन्तिम साससम्मै कुर्छु म मारिदेऊ माया नभन, मरिजान्छु फेरि आफै म लुकाई नराख भावनालाई आज कति बस्छौ एक्लै? कति सम्हालेर? गुम्साई नराख आफैलाई आज बुझिँदैन माया, महसुस गर न तिम्रै लागि हुँ म सम्हाली राख न सम्हाली राख न भोलिको छैन ठेगान, दुईदिने रैछ जीवन मरिजानुअघि सिकाइदेऊ बाँच्न सारा संसारलाई हँसाइरहन्छौ रे कोही छ कि छैन तिमीलाई हँसाउन? आफ्नै हाँसोभन्दा बढी सोची बस्छु म तिम्रै खुशी मारिदेऊ माया नभन, मरिजान्छु फेरि आफै म लुकाई नराख भावनालाई आज कति बस्छौ एक्लै? कति सम्हालेर? गुम्साई नराख आफैलाई आज बुझिँदैन माया, महसुस गर न तिम्रै लागि हुँ म सम्हाली राख न सम्हाली राख न घाम ढलेसँगै तिमी बिसाउनू सबै निराशा मेरै काँधमा तिमीलाई गीत गाउँदै, तिम्रो शिर सुमसुमाउँदै लुकाई राख्छु मुटुकै माझमा घाम ढलेसँगै तिमी बिसाउनू सबै निराशा मेरै काँधमा तिमीलाई गीत गाउँदै, तिम्रो शिर सुमसुमाउँदै लुकाई राख्छु मुटुकै माझमा लुकाई नराख भावनालाई आज कति बस्छौ एक्लै? कति सम्हालेर? (कति सम्हालेर?) गुम्साई नराख आफैलाई आज बुझिँदैन माया, महसुस गर न तिम्रै लागि हुँ म
Writer(s): Shashwot Khadka Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out