Top Songs By Ananda Karki
Credits
PERFORMING ARTISTS
Anand Karki
Lead Vocals
COMPOSITION & LYRICS
Neer Samsher Jabara
Songwriter
Lyrics
पापिनीको मुहारमा के हो त्यस्तो कुन्नि
पापिनीको मुहारमा के हो त्यस्तो कुन्नि
जति हेऱ्यो उति कल्पाउने
पापिनीको मुहारमा के हो त्यस्तो कुन्नि
जति हेऱ्यो उति कल्पाउने
त्यो नजरमा छाया परे कति-कति चित्र
हो, त्यो नजरमा छाया परे कति-कति चित्र
भाग्यमानी कुन होला त्यस दिलभित्र?
गुराँसको कोपिलाझैँ भर्खरकी रैछ
गुराँसको कोपिलाझैँ भर्खरकी रैछ
टिप्न मन साह्रै ललचाउने
नजरको मदिरामा मुस्कानको फिँज
हो, नजरको मदिरामा मुस्कानको फिँज
आफै लट्ठिई अरूलाई लट्ठ्याउने चीज
निधारमाथि थोपाथोपी पसिना पो रैछ
हे, निधार माथि थोपाथोपी पसिना पो रैछ
आकाशको तारै बिर्साउने
लर्किएको बुलाकीको डाहा लाग्छ मनमा
हो, लर्किएको बुलाकीको डाहा लाग्छ मनमा
देखी उसको छुनुमुनु आफैनिर बीचमा
पीपलपाते ओठ कस्तो रसिलो पो रैछ
हे, पीपलपाते ओठ कस्तो रसिलो पो रैछ
हररर आँतै रसाउने
पापिनीको मुहारमा के हो त्यस्तो कुन्नि
जति हेऱ्यो उति कल्पाउने
जति हेऱ्यो उति कल्पाउने
हे, जति हेऱ्यो उति कल्पाउने
Lyrics powered by www.musixmatch.com