Lyrics

मझधारमा परेर, जिउँदै छु म पलपल मरेर दैवले नि हेर्छ मलाई आँखा तरेर मनमनै माया गरेँ, ओठ खोली भन्न सकिन यो जुनीमा तिम्रो बन्न सकिन तिमीसँगै रमाउने, छुट्टै संसार बनाउने चाहना अधूरो पाऱ्यौ मलाई जिउँदै माऱ्यौ मलाई जिउँदै माऱ्यौ दोषी भएँ म तिम्रो नजरमा तैपनि तिमीलाई चाहन्छु तिमी रैछौ अवसरवादी, अझै देऊ घात, सहन्छु तिमीसँगै रमाउने, छुट्टै संसार बनाउने चाहना अधूरो पाऱ्यौ मलाई जिउँदै माऱ्यौ मलाई जिउँदै माऱ्यौ मेरो समर्पण तिमीमै छ हरदम, बुझ्छौ, नबुझ्ने त हैन मेरो लागि अमूल्य जे छ आज त्यही मसँग छैन तिमीसँगै रमाउने, छुट्टै संसार बनाउने चाहना अधूरो पाऱ्यौ मलाई जिउँदै माऱ्यौ
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out