Lyrics

मायामा परेँ आज, -मा परेँ आज, ओ मायामा परेँ आज, -मा परेँ आज, ओ, yeah तिम्रो त्यो मुहारमा नदेखिने रङ्ग छ अनुहार बिगार्दा प्यारो हरियाली वसन्त बादलपारि माया सहर, उड्नु दिनू निरन्तर सपना बुनिसकेँ, तिमी मात्र एउटै प्यारो घर (प्यारो घर) त्यसैले म केही गर्दिन, तिम्रो नै वरिपरि घुमिरहन्छु सारा दिन (वरिपरि) त्यसैले म केही गर्दिन, तिम्रै कल्पना गर्दै बस्छु सारा दिन त्यसैले म केही गर्दिन, हत्केला समाई अन्धकारलाई सजाइदिनू है त्यसैले म केही गर्दिन, तिम्रै सपना देख्दै बस्छु सारा दिन मायामा (मायामा) परेँ आज (परेँ), -मा परेँ आज, ओ मायामा (मायामा, मायामा) परेँ आज (ओ), -मा परेँ आज (परेँ, परेँ), ओ (आज) Yeah, तिम्रो गहिरो मायामा परेँ म त तिमीबाहेक बात गर्न मन लाग्दैन कसैसँग साथ दिनेछु तिमीलाई सास रहेसम्म तिम्रो नै यादमा तड्पिन्छु रात ढलेसम्म प्रिय, तिमी नरिसाऊ, बरु अलि नजिक आऊ यताउता के-के, के-के गरी मलाई नजिस्काऊ तिमीलाई थाहा छ मेरो मनमा के चलिराछ आऊ, अब अँगालोमा, नखाऊ बढी भाउ खै कसरी परेँ मायामा, मलाई छैन पत्तो यति मात्र थाहा छ, पाउँदिन अरू तिमीजस्तो बुझिदेऊ न तिमी मेरो कुरा मनको हुनेछ माया हाम्रो मुना र मदनजस्तो आजभोलि तिमीलाई नै सम्झी बस्छु यदि माया लाउनु गलत हो भने गल्ती गर्छु तिमी केवल हात मात्र थामिदेऊ तिमी छेउमा भए यो पूरै संसार नै जित्न सक्छु तिमीबाट केही प्रयास हुने हो कि हैन? तिमीलाई मसँग रम्न मन छ कि छैन? म त झरनाको पानीजस्तै झरिसकेँ तिमीलाई भने यो कुराको अत्तोपत्तो छैन तिमीबिना यो शरीरलाई पनि सन्चो छैन तिमीबिना यी रहरहरू कुनै मेटिँदैन तिमीबिना यो जीतको पनि कुनै अर्थ छैन तिमीबिना यो सस्तो जीवन पनि चाहिँदैन मायामा परेँ आज (माया, ओ, माया, मायामा परेँ, परेँ आज, परेँ, परेँ, परेँ, परेँ) -मा परेँ आज, ओ (मायामा परेँ आज) मायामा परेँ आज (ओ, ना-ना-ना-ना, अब के गर्ने होला?) -मा परेँ आज (परेँ, परेँ, परेँ, परेँ म), ओ ला, ला-ला, ला-ला-ला-ला, ला-ला-ला
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out