Listen to Pithyaun Ma Shyaula Ko by Yam Baral

Pithyaun Ma Shyaula Ko

Yam Baral

Soundtrack

11 Shazams

Lyrics

पिठ्यूँमा स्याउलाको भारी, खाली गोडा गेगरु बाटो हो, पिठ्यूँमा स्याउलाको भारी, खाली गोडा गेगरु बाटो गाउँ-बेँसी गर्ने कुनै नारी भेट्यौ भने चिन्नू सोह्रै आना तिनै हुन् तिनै मेरी आमा पिठ्यूँमा स्याउलाको भारी, खाली गोडा गेगरो बाटो गाउँ-बेँसी गर्ने कुनै नारी भेट्यौ भने चिन्नू सोह्रै आना तिनै हुन् तिनै मेरी आमा हो, हो, हो, सोह्रै आना तिनै हुन् तिनै मेरी आमा झिसमिसेमा खोज्दै जानू, होलिन् पँधेरीमा घाम लाग्दा भाका हाल्दै घाँसे पखेरीमा हो, झिसमिसेमा खोज्दै जानू, होलिन् पँधेरीमा घाम लाग्दा भाका हाल्दै घाँसे पखेरीमा दिनभरि चर्को घाम, गर्ने मेलापात सन्तानकै लागि आखिर एकै दिनरात गोठमा पुवाली गाईले बाच्छो सम्झी हब्बाँ गरेपनि छाती समाई भन्ने, "कठैबरी! मेरा पनि भोकै होलान् साना" तिनै हुन् तिनै मेरी आमा हो, हो, हो, सोह्रै आना तिनै हुन् तिनै मेरी आमा कोही हाँस्ने, कोही रुने, संसारको रीति दुख्नसम्म दुख्छिन् आमा, नमिलेको थिति हो, कोही हाँस्ने, कोही रुने, संसारको रीति दुख्नसम्म दुख्छिन् आमा, नमिलेको थिति रिस छैन, ईर्ष्या हैन, पराईको सुख बिझ्नसम्म बिझ्छ तिमीलाई सन्तानको दुःख मन्दिरमा देउतासँग भन्छिन्, "म त सन्तान बरोबरी देख्छु तेरा फरक भए कसो गरी? किन लेखिस् यस्तो उल्टो पाना?" तिनै हुन् तिनै मेरी आमा हो, पिठ्यूँमा स्याउलाको भारी, खाली गोडा गेगरु बाटो गाउँ-बेँसी गर्ने कुनै नारी भेट्यौ भने चिन्नू सोह्रै आना तिनै हुन् तिनै मेरी आमा हो, हो, हो, सोह्रै आना तिनै हुन् तिनै मेरी आमा तिनै हुन् तिनै मेरी आमा
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out