Lyrics

लाहुरेको जिन्दगी, हो, खुकुरीको धार पैसासँग रगत साटेँ, जीत भनूँ कि हार? लाहुरेको जिन्दगी, हो, खुकुरीको धार पैसासँग रगत साटेँ, जीत भनूँ कि हार? पैसासँग रगत साटेँ, जीत भनूँ कि हार? हात-मुख जोर्न गाह्रो घरमा बसौँ भने आफ्नै घर बिरानो भो मुग्लान पसौँ भने हात-मुख जोर्न गाह्रो घरमा बसौँ भने आफ्नै घर बिरानो भो मुग्लान पसौँ भने खेतबारी छैन खेती गरौँ भने पनि नसकिने रैछ, हजुर, भोकै बस्न पनि दुई मुठी गाँसको लागि छोडेँ घरबार पैसासँग रगत साटेँ, जीत भनूँ कि हार? दुई मुठी गाँसको लागि छोडेँ घरबार पैसासँग रगत साटेँ, जीत भनूँ कि हार? दुःख पनि कहाँसम्म पाउनु? छैन खानु, एक सरो लगाउनु बाँच्न गाह्रो, मर्न झन् गाह्रो मान्छेबिच धन भयो तगारो पियारीले घरबाट चिठी पठाउँछिन् "घरमा छोरो बिरामी छ, घर आऊ" भन्छिन् पियारीले घरबाट चिठी पठाउँछिन् "घरमा छोरो बिरामी छ, घर आऊ" भन्छिन् "दबाई गर्न घरमा सुको पैसो छैन" भन्छिन् चिठी पढ्छु, चिठीसँगै धुरुधुरु रुन्छिन् कुन दिनमा आएछु म छोडी घरबार? पैसासँग रगत साटेँ, जीत भनूँ कि हार मेरा प्यारा, आऊ चाँडै घर जीवनभन्दा ठूलो नै के छ र? "बाबा, बाबा" भन्दछ छोराले च्यापिसक्यो, मर्ने भो ज्वराले "बाबु, चाँडै फर्किएस् है" बाबा भन्नुहुन्थ्यो "हाम्लाई नभुलेस् है" भन्दै आमा रुनुहुन्थ्यो "बाबु, चाँडै फर्किएस् है" बाबा भन्नुहुन्थ्यो "हाम्लाई नभुलेस् है" भन्दै आमा रुनुहुन्थ्यो बाउ-आमाको एक्लो छोरो विदेशमा गाछ बुढेसकालको टेक्ने लौरो भाँचिएझैँ भाछ देउताजस्ता बाउ-आमालाई कस्तो पर्यो मार? पैसासँग रगत साटेँ, जीत भनूँ कि हार बिर्सियो कि छोराले घर? धेरै भयो, आछैन खबर लागोस् बरु ऋणमाथि ऋण सास नजाँदै आऊ, छोरा, एकछिन दशैँ आउँछ, तिहार आउँछ, खाली निधार जान्छ बहिनीलाई सम्झिएर मनै भक्कानिन्छ दशैँ आउँछ, तिहार आउँछ, खाली निधार जान्छ बहिनीलाई सम्झिएर मनै भक्कानिन्छ के भन्दिहुन् बहिनी मलाई? गाली गर्दिहुन् कि? भाइटीकामा photo हेर्दै ओखर फोर्दिहुन् कि? वर्षौँ भयो, परदेशमा रित्तो छ निधार पैसासँग रगत साटेँ, जीत भनूँ कि हार दाइको photo मैलो भो, च्यातियो आऊ न, दाजु, मन साह्रै आत्तियो भाउजु रुन्छिन् मलाई नै झम्टेर "नानी, दाइलाई बोलाउनुस्" भनेर भोग्नेलाई थाहा हुन्छ परदेशको ठाउँ "के हो दुःख? के हो पीर? के हो आफ्नो गाउँ?" भोग्नेलाई थाहा हुन्छ परदेशको ठाउँ "के हो दुःख? के हो पीर? के हो आफ्नो गाउँ?" "कठै!" भन्ने छैनन् यहाँ लासै परे पनि नहुनेलाई दुखै दुःख जहाँ गए पनि मरेँ भने परदेशमा घरमा अन्धकार पैसासँग रगत साटेँ, जीत भनूँ कि हार? अशुभ कुरा नसोच, प्यारा तिमी त छौ मेरो एक सहारा के गर्नु यी लाला र बाला? तिमी नभए यिनको हाल के होला? अशुभ कुरा नसोच, प्यारा तिमी त छौ मेरो -
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out