Lyrics

आऊ न, बाँध न तिम्रो न्यानो अँगालोमा जाऊ न, तर नमार मेरो यो एक्लोपन आज म ताप्दै छु तिम्रो मनमा बलेको आगो संसारले बुझ्दैन यो प्यास दुनियाँको इच्छा एउटा फरक बन्दा न गर्छ तिमीलाई न मलाई राम्रो रुक्दै छ समय र सपना हाम्रो मेरो मन र इच्छा सबै त्यागी दौडिँदै छु म आज तिमीबाट भागी हिजोसम्म थियौ तिमी कुनै एउटा पिँजरामा आज भने खेलिबसेछौ यी खुला-खुला आकाशमा कसलाई छ र केको मतलब? मायाबिना संसार गइरहन्छ अँध्यारो दिनमा सोध न आफ्नो मनलाई, रुँदा पनि सबै ठिकै छ भन्ला देख्न सक्दैन रहेछ माया र स्वतन्त्र बन न तिमी मेरै जुनी-जुनीलाई मेरो मन र इच्छा सबै त्यागी दौडिँदै छु म आज तिमीबाट भागी मेरो मन र इच्छा सबै त्यागी दौडिँदै छु म आज तिमीबाट भागी आज भने तिमी अल्झिरहेछौ मेरो यो सपनामा हिजो भने तिमी मेरो लागि मात्र एउटा यात्रा
Writer(s): Dibesh Pokharel Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out