Lyrics

उदाइरहून् चन्द्रसूर्य, यो देशमा रात नहोओस् उदाइरहून् चन्द्रसूर्य, यो देशमा रात नहोओस् हामी सबै नेपाली हौँ हामी सबै नेपाली हौँ, अरू कुनै जात नहोओस्, जात नहोओस् उदाइरहून् चन्द्रसूर्य, यो देशमा रात नहोओस् आस्था फरक भए पनि हामी फरक बन्नुहुँदैन आस्था फरक भए पनि हामी फरक बन्नुहुँदैन जुन बारी फुले पनि जुन बारी फुले पनि फूलको जरा खन्नुहुँदैन, खन्नुहुँदैन कर्तव्य र इमान भुल्ने नेपालीको छोरो नहोओस् यो माटोको मायाभन्दा आफ्नो स्वार्थ प्यारो नहोओस्, प्यारो नहोओस् उदाइरहून् चन्द्रसूर्य, यो देशमा रात नहोओस् ईश्वर आखिर एउटै त हुन् जे भनेर पुकारे पनि ईश्वर आखिर एउटै त हुन् जे भनेर पुकारे पनि पुण्य आखिर पुण्य हुन्छ पुण्य आखिर पुण्य हुन्छ जे भनेर स्विकारे पनि, स्विकारे पनि धर्मकर्म, मर्म भुल्ने नेपालीको आँट नहोओस् देशको निम्ति जुटौँ सबै, घातप्रतिघात नहोओस्, प्रतिघात नहोओस् उदाइरहून् चन्द्रसूर्य, यो देशमा रात नहोओस् हामी सबै नेपाली हौँ हामी सबै नेपाली हौँ, अरू कुनै जात नहोओस्, जात नहोओस् उदाइरहून् चन्द्रसूर्य, यो देशमा रात नहोओस्
Writer(s): Raj Kumar Bagar Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out