Lyrics

जोरजोर मादल घन्काउँदै, पाखा र पर्वत रन्काउँदै जोरजोर मादल घन्काउँदै, पाखा र पर्वत रन्काउँदै लेक र बेसी बिउँझाउँदै, झ्याउरे भाकामा गाउँदै आएँ म त, मायालु, माया र पिरती लाउँदै आएँ म त, मायालु, माया र पिरती लाउँदै हो, माया र पिरती लाउँदै सुनकोसीको तीरैमा सानो, है, घरबार बसाउँला सुनकोसीको तीरैमा सानो, है, घरबार बसाउँला मीठो र पीठो जे पाउँला, चोखो, है, मनले खाउँला दुई दिनको चोला यो हाँसी र खेली बिताउँला दुई दिनको चोला यो हाँसी र खेली बिताउँला हो, हाँसी र खेली बिताउँला वनैमा उड्ने चरीले कहाँ पो बसी रुन्छ र? वनैमा उड्ने चरीले कहाँ पो बसी रुन्छ र? दुःख र सुख कर्मको खेल, देखेको कसले हुन्छ र? हाँसौँ, खेलौँ, मायालु, मरेरै लानु पो के छ र? हाँसौँ, खेलौँ, मायालु, मरेरै लानु पो के छ र? हो, मरेरै लानु पो के छ र? हो, मरेरै लानु पो के छ र? हो, मरेरै लानु पो के छ र?
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out