Lyrics

यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी हाँसो म लुटाइदिन्छु आफू आँसुमा डुबी यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी भीड छ, म भीडमा आफूलाई बिलाइदिन्छु बिर्सिदिन्छु आफूलाई, होस म हराइदिन्छु भीड छ, म भीडमा आफूलाई बिलाइदिन्छु बिर्सिदिन्छु आफूलाई, होस म हराइदिन्छु कि त लुकी यतै कतै रोइदिन्छु सुस्तरी हाँसो म लुटाइदिन्छु आफू आँसुमा डुबी यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी च्यातिदिन्छु आफूलाई, बालिदिन्छु साँझमा फालिदिन्छु आफूलाई दिनहरूको माझमा च्यातिदिन्छु आफूलाई, बालिदिन्छु साँझमा फालिदिन्छु आफूलाई दिनहरूको माझमा गाइदिन्छु गीत आफ्नो आफैलाई नै पिई हाँसो म लुटाइदिन्छु आफू आँसुमा डुबी यसै गरी बिताइदिन्छु दुई दिनको जिन्दगी
Writer(s): Narayan Gopal Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out